मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा, ४ भदाै । नापी कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

साबिक मिथलेश्वर महुवाही वडा नं. १,२,३,४,५,६,७,८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आ.व. २०७२/०७३ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापि कार्यलय धनुषाले जनाएको छ।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उक्त परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ