इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २ भदौ । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ ।

तीन सदस्यीय इजलासले खानलाई रावलपिन्डीस्थित अदियाला जेलबाट दुई दिनभित्र इस्लामाबादको शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो । उनको स्वास्थ्य, विशेषगरी रक्तचापमा देखिएको उतारचढावलाई लिएर चिन्ता बढेपछि पीटीआईले लामो समयदेखि अस्पताल सार्न माग गर्दै आएको थियो ।

अदालतले खानको उपचारको निगरानी गर्न मेडिकल बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ । उक्त बोर्डमा उनकी बहिनी डा. उज्मा खान र व्यक्तिगत चिकित्सक डा. फैसल सुल्तानलाई समेत समावेश गरिने बताइएको छ । अदालतको आदेशअनुसार खानलाई अस्पतालमा परिवारका सदस्यसँग भेट गर्न तथा विदेशमा रहेका छोराहरूसँग कुराकानी गर्न अनुमति पनि दिइनेछ । उनको अर्को सुनुवाइ सेप्टेम्बर १६ मा तोकिएको छ र त्यसबेलासम्म उनी अस्पतालमै रहने अपेक्षा गरिएको छ ।

७३ वर्षीय खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । उनी भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा दोषी ठहर भएका थिए । खान र उनको पार्टीले भने ती मुद्दाहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै आएका छन् । अदालतमा पेस गरिएको अदियाला जेलको रिपोर्टअनुसार अगस्ट १० मा गरिएको मुटुसम्बन्धी परीक्षणमा खानको रक्तचापमा उतारचढाव र परिवारसँग सीमित सम्पर्कका कारण चिन्ता देखिएको थियो । सुनुवाइका क्रममा अदालतले उनको मुटुको अवस्था र नाडी सामान्य नरहेको तथा महत्त्वपूर्ण अंगहरूमा समेत असर पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

काठमाडौँ, २ भदौ । वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार (ई-कमर्स) गर्ने व्यवसायीहरूले अब