ओमानमा बम हान्ने दिए ट्रम्पले धम्की  

एजेन्सी, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् ।

फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन् । ट्रम्पले भनेका थिए, ‘यदि ओमानले अवरोध गर्‍यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ ।’

ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टाअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)बाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुवै देशबीच जहाज पार गर्ने मार्गको नक्साबारे समझदारी बनेको बताएका थिए । उनका अनुसार संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरणलाई अन्तिम रूप दिइनेछ ।

ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आएको थियो । स्ट्रेट अफ होर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई यस द्वन्द्वमा तटस्थ राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि इरानबाट भएका केही आक्रमणको असर ओमानले पनि भोगेको छ ।

अमेरिकाको सहयोगी राष्ट्र ओमान र अमेरिकाले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुन: खोल्ने विषय वार्ताको मुख्य एजेन्डा बनेको छ । अमेरिका–इरान युद्धका कारण करिब छ महिनादेखि यो जलमार्ग लगभग बन्द अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने

एजेन्सी, १ भदौ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली

एजेन्सी, ३१ साउन । फ्रान्सको सर्वोच्च अदालतले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन खारेज गरेको