इस्लामाबाद सम्झौता लागू नभएसम्म होर्मुज स्ट्रेट खुल्दैन : इरान

काठमाडौँ, २ भदौ । इरानको रिभोल्युसनरी गार्ड्सका उप–राजनीतिक कमान्डर यदुल्लाह जवानीले वर्तमान युद्धको अन्त्य ‘इस्लामाबाद सम्झौता’का आधारमा हुनुपर्ने बताएका छन् ।

उनले स्पष्ट पार्दै भनेका छन्, ‘अमेरिकाले यस सम्झौता अन्तर्गतका आफ्ना उत्तरदायित्वहरू पूरा गरेपछि मात्र होर्मुज स्ट्रेट खुल्नेछ ।’

बीबीसी फारसीका अनुसार, इस्लामिक रिपब्लिक रेडियो र टेलिभिजनसँग सम्बद्ध ‘यंग जर्नलिस्ट्स क्लब’लाई दिएको अन्तर्वार्तामा जवानीले होर्मुज स्ट्रेट र यसलाई नियन्त्रण गर्ने व्यवस्था युद्धअघिको जस्तो अब कहिल्यै नहुने दाबी गरे । उनले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले विगत केही महिनादेखि यस जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको भए पनि तिनीहरू सफल हुन नसकेको बताए ।

जवानीले इरान र ओमानबिचको जलमार्गबारे भइरहेको चर्चा युद्धपछिको अवस्थाका लागि मात्र भएको र युद्धको अन्त्य निश्चित रहेको समेत उल्लेख गरे ।

यसैबिच, होर्मुज स्ट्रेटमा हालैका दिनहरूमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणपछि यस मार्गबाट हुने समुद्री परिवहनमा ठुलो गिरावट आएको छ। अमेरिका र इरानबिच वार्ता रोकिएको समयमा यो तनाव थप बढेको हो । ‘केप्लर’को तथ्याङ्कअनुसार, गत शनिबार ५ वटा मालवाहक जहाज मात्र होर्मुज स्ट्रेटबाट गुज्रिएका थिए भने आइतबार कुनै पनि जहाज उक्त मार्गबाट गएको रेकर्ड छैन । जबकि, अघिल्लो साताको शनिबार र आइतबार यस मार्गबाट ३१ वटा जहाजहरूले ओहोरदोहोर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने

एजेन्सी, १ भदौ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली

एजेन्सी, ३१ साउन । फ्रान्सको सर्वोच्च अदालतले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन खारेज गरेको