नागरिकको विश्वासका लागि उत्तरदायी राज्य बनाउनुपर्छ: मन्त्री गौतम

काठमाडौँ, २ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताएकी छिन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सोमबार ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न्यायमुखी, नागरिकमैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताएकी हुन् । कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय सङ्कट, नयाँ प्रकृतिका सामाजिक सम्बन्ध र बदलिँदो रोजगारीका स्वरूपले कानुनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।

उनले भनिन्, “मुलुकीसंहिता दिवसले सबैलाई एउटा साझा सङ्कल्प गराओस्, नागरिकको विश्वासका लागि उत्तरदायी राज्य बनाउनुपर्छ ।” कानुन आयोगलाई अझ सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री गौतमले कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने

एजेन्सी, १ भदौ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली

एजेन्सी, ३१ साउन । फ्रान्सको सर्वोच्च अदालतले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन खारेज गरेको