मृत व्यक्तिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, १ भदौ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मृत व्यक्तिहरूको विवरण अद्यावधिक गरिदिन सम्बन्धित परिवारलाई आग्रह गरेको छ । 

मतदाता नामावलीमा नाम दर्ता भएका कोही व्यक्तिको मृत्यु भएको अवस्थामा निर्वाचन कार्यालयलाई जानकारी दिन आयोगले सम्बन्धित परिवारलाई आग्रह गरेको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले आग्रह गरेको हो । उनले भनेका छन्, ”मतादाता नामावलीमा दर्ता भएका कसैको मृत्यु भएमा निजको एकाघर परिवारका सदस्य वा कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नुहुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ,” ।

मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गरिने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली