लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । सरकारलाई वहुमत सिद्ध गर्न ८३ सदस्यीय कायम रहेको प्रदेश सभामा ४२ मत आवश्यक थियो ।

प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ , जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो ।

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । यस्तै ३ जना तटस्थ रहेका थिए । सत्ता पक्ष नेकपाका एक सांसद विदेश भएकाले अनुपस्थित भइन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित भइन् । प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भए ।

प्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारुढ बनेका छन् भने कांग्रेस, जनमत विपक्षमा देखिएका छन् । राप्रपा भने तटस्थ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली