घट्यो नेप्से

काठमाडौँ, १ भदौ । नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक २.२५ अङ्कले घटेर २,६४१.५८ बिन्दुमा बन्द भएको छ।

आज बजारमा कुल ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरिमा ३५० वटा स्क्रिप्सका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक खरिद-बिक्री भएका छन्। आज कारोबार भएका कम्पनीहरूमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ वटाको मूल्यमा गिरावट आएको छ। बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्ट हाइड्रोपावर रहेका छन्, जसको सेयर मूल्यमा करिब १५ प्रतिशतको बढोत्तरी देखिएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको मूल्य ११.१७ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनीको मूल्य ११.०६ प्रतिशतले बढेको छ। आज फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६.६३ प्रतिशतले घटेको छ ।

समूहगत आधारमा फाइनान्स समूहमा सर्वाधिक १.१४ प्रतिशत गिरावट हुँदा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा १.३० प्रतिशत वृद्धि देखिएको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको मात्रै १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख र रिडी पावर कम्पनीको १६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली