वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई हदैसम्मको कारबाही गरियोस् : ज्ञानेन्द्र शाही

काठमाडौँ, १ भदौ । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले उनले लेखेका छन्, ‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ ।’

उनका अनुसार करिब वार्षिक डेढ लाखभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारीका नाममा विभिन्न किसिमका ठगीमा परिरहेको बताउँछन् । उनी थप्छन्, ‘तर विडम्बना के छ भने हिजो सत्ताधारी पार्टीमा बसेर जनतालाई ठग्नेहरू आज सत्ता परिवर्तनसँगै पार्टी परिवर्तन गरेर फेरि सत्ताकै वरिपरि देखिन्छन् ।’

अब यस्तो अवस्था अन्त्य हुनुपर्ने उनको आग्रह छ । अगाडि लेख्छन्, ‘ठगी गर्ने व्यक्ति जुनसुकै पार्टीको होस्, उसको राजनीतिक पहुँच र पद हेरेर होइन, अपराध हेरेर कानुनी कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । बर्दियामा आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

काठमाडौँ, १ भदौ । महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा