पार्टी मिलाउने जिम्मेवारी गगनजीको हो : रमेश लेखक

काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकताको जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् ।

देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका कञ्चनपुरका नेता–कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टी नमिलाए जे पनि हुन सक्ने बताए । पार्टी मिलाउन देउवा समूहले भरपूर प्रयास गर्दा पनि मिलाउन नसकिएको नेता लेखकको भनाइ थियो । ‘हाम्रो तर्फबाट कुनै कमी भएको छैन,’ उनले भने ।

पार्टीलाई एकढिक्का बनाउन पूर्वसभापति शेरबहादुर देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको र निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने जिम्मेवारी पनि खड्कालाई दिएको लेखकको भनाइ थियो ।

नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा आज आयोजित छलफलमा नेता लेखकले भने, ‘मिलाउने जिम्मेवारी अब गगनजीको छ । मिलाउन नलागे जे पनि हुन सक्छ ।’ पार्टी मिलाउन देउवा समूहले भरपूर प्रयास गर्दा पनि मिलाउन नसकिएको नेता लेखकको भनाइ थियो । ‘हाम्रो तर्फबाट कुनै कमी भएको छैन,’ ।

पार्टीलाई एकढिक्का बनाउन पूर्वसभापति शेरबहादुर देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको र निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने जिम्मेवारी पनि खड्कालाई दिएको लेखकको भनाइ थियो । उनले भने,  ‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो । त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईं टिकटमा हस्ताक्षर नगर्नुस् भन्ने कुरा सजिलो थियो ?,’ ‘तर, पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौं । उहाँले पूर्णबहादुर दलाईलाई छोडिदिनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । बर्दियामा आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

काठमाडौँ, १ भदौ । महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा