लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

बुटवल, १ भदौ । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनीमा एमालेसहितका दलले सरकारलाई समर्थन गर्ने तयारी गरेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास

काठमाडौँ, १ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १ भदौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर

काठमाडौँ, १ भदौ । २०८३ साल भदौ १ गते सोमबारको राशिफल ।   मेष : दिन राम्रो छ। पठनपाठनमा रुची