समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, ३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।

‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले थालेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूसँग यस्तो आग्रह गरेकी हुन् ।

उनले भने, ‘राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो,’ ।

युवाहरूलाई विचार निर्माणको क्षेत्रमा सहभागी बन्न प्रोत्साहित गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्तिबारे समेत धारणा राखिन् । ‘लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ,’ भण्डारीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३