प्रधानमन्त्री कार्यालयमा अब नियमित प्रेस ब्रिफिङ

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

प्रधानमन्त्रीको प्रेस हेर्ने टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक हप्ताको शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ । 

सरकार बनेपछि पहिलोपटक प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका प्रवक्तासहितको कर्मचारी टिमले शुक्रबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी अब हरेक साताको शुक्रबार १ बजे नियमित प्रेस ब्रिफिङ हुने समय तोकेको हो । 

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई गेटबाट प्रवेशमै रोक लगाइएको थियो । यही कारण प्रधानमन्त्रीको शासकीय शैली र प्रेसप्रतिको दृष्टिकोणलाई लिएर आलोचना समेत हुँदै आएको थियो । तर, सय दिनका उपलब्धि सार्वजनिकपश्चात सूचना प्रवाहमा प्रभावकारिताको खोजीमा लागेको वालेन्द्र शाह सरकारले सबै मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरी आफूले गरेको काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।