रिजालकाे ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिबाना

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङकाे नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधिहरू सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका वडा नं. ५ मा सञ्चालित रिजालको भान्छा ग्यास उद्योग प्रालिको अनुगमन गरेको थियो। 

उद्योगको परिसरमा रहेका १९ वटा सिलिण्डरहरूमध्ये ११ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा २४० ग्राम कम तौल भेटिएको थियो। साथै, सिलिण्डरमा तोकिएको मापदण्ड विपरीत म्याद गुज्रिएका दुई वटा ग्यास सिलिण्डरमा समेत सिल लगाई बिक्री गर्न तयारी अवस्थामा राखेको पाइएको थियो ।

अत्यावश्यक सेवा अन्तर्गत रहेको उक्त ग्यास उद्योगले कानुन विपरीत सुरक्षा संवेदनशीलतामा खेलबाड गरेको ठहर गर्दै उद्योगलाई तत्काल २ लाख ९५ हजार रुपैयाँ जरिबाना गर्नुका साथै दुई वटा सिलिण्डरको सिल तोडी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ । यसैबिच टाेलीले विराटनगर महानगरपालिका वडा नं. ३ स्थित कन्चनश्वर ग्यास पसलमा अनुगमन गरेको थियो। सो क्रममा अनुगमन कार्यमा असहयोग गरेको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २