नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

काठमाडौँ, २९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप तयारी भारतमा गर्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले आज नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा तयारी गर्ने जानकारी दिएको हो ।  क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको तयारी भारतमा गर्ने र उतैबाट मलेसिया जाने बताए ।

क्यान क्रिकेट निर्देशक विनोद दासले नेपाली टोली आजै बेङ्लुरु जाने  र त्यहाँ १० दिनको क्याम्पमा रहने बताए । भारतमा नेपालले दुई अभ्यास खेल पनि खेल्नेछ । 

नेपालले मलेसियामा पनि पाँच दिनको क्याम्प राख्नेछ । दासले मलेसियामा दुई अभ्यास खेलको लागि प्रयास गरिरहेको जानकारी दिए । एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, अर्जुन कुमाल, देव खनाल, बसिर अहमद, इशान पाण्डे, गुल्सनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, हेमन्त धामी, शेर मल्ल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २