काठमाडौँ, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन्।
सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए । एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्याउन सकेका छैनन् ।





