काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ ।
भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ । बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् । भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।




