युक्रेनद्वारा रुसको नोभोरोसिस्क बन्दरगाहमा आक्रमण

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणका क्रममा रुसका दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको बताइएको छ । रुसी कृषि मन्त्रालयले वैकल्पिक बन्दरगाहमार्फत मालवाहक गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बुधबार राति भएको आक्रमणमा एक जना आठ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारलाई लक्षित गरी रकेट, विमान तथा समुद्री ड्रोन प्रयोग गरेर विशेष अभियान सञ्चालन गरिएको बताएका छन् । उनले अन्न निर्यात गर्ने टर्मिनलमा भएको क्षतिको भने उल्लेख गरेनन् ।

आक्रमणमा दुई फ्रिगेटसहित रुसका चार वटा युद्धपोतमा क्षति पुगेको दाबी युक्रेनी सेनाले गरेको छ । रुसले भने उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कृष्ण सागरबाट हिँड्ने रुसको अधिकांश जहाज अहिले नोभोरोसिस्कमा छन् । यसअघि युक्रेनी आक्रमणको जोखिम बढेपछि रुसले क्रिमियास्थित सेभास्टोपोलबाट आफ्ना युद्धपोतहरू अन्यत्र सारेको थियो ।

यसैबिच, जेलेन्स्कीले युक्रेनलाई रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न हाल अमेरिकासँग रहेको इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डारको करिब १० प्रतिशत आवश्यक पर्ने बताएका छन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष युक्रेनसँग इन्टरसेप्टर क्षेप्यास्त्रको सङ्ख्या करिब दुई दशमलव पाँच गुणा कम छ, जबकि रुसले हरेक महिना प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रको सङ्ख्या पहिलेको तुलनामा दोब्बर भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ असोज । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९

एजेन्सी, १२ असोज । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको

एजेन्सी, १२ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब

एजेन्सी, ११ असोज । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा