अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ।

फोर्ट हुड सैन्य आधारसँग सम्बन्धित हेलिकप्टर बुधबार बेल काउन्टीमा खेतमा खसेपछि ठुलो घाँसे मैदानमा आगलागी भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनास्थल राज्यको राजधानी अस्टिनबाट करिब १०० किलोमिटर उत्तरमा पर्छ ।

बेल काउन्टीका अधिकारीका अनुसार हेलिकप्टरमा सवार दुवै जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो। फोर्ट हुडले पनि दुई सैनिकको मृत्यु पुष्टि गरेको छ ।

सेनाले मृतक सैनिकहरूको परिचय परिवारलाई जानकारी गराएपछि मात्र सार्वजनिक गरिने जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू