राष्ट्रियसभामा ग्यास अभावबारे सरकारलाई रुलिङ गर्न माग

काठमाडौँ, २५ साउन । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । 

आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै नपाउने अवस्थाबारे सरकारलाई रुलिङ गर्न माग गरिन् । 

त्यस्तै बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठुलो कष्ट भोग्नुपरेको भन्दै यसमा सरकारले चासो नदिएको बताए ।  ‘ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस्’, विश्वकर्माको भनाइ छ । अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ साउन । प्युठानमा पाँचजनाको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान स्वर्गदारी नगरपालिकाअन्तर्गत विभिन्न खोला किनारमा पाँचजनाको

काठमाडौँ, २८ साउन । सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा

काठमाडौँ, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

काठमाडौँ, २८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ