जिम्बाब्वेको करिबा तालमा डुंगा पल्टिँदा १५ जनाको मृत्यु

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन्। दुर्घटनापछि ठूलो उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको छ।

जिम्बाब्वेको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार दुर्घटनामा ७७ जनालाई जीवितै उद्धार गरी तालभित्र रहेको एउटा टापुमा पुर्‍याइएको छ।

जिम्बाब्वेको सिभिल प्रोटेक्सन युनिटका अनुसार टिकट बिक्रीको अभिलेखमा डुंगामा ११४ जना वयस्क यात्रु र पाँच जना चालक दलका सदस्य रहेको देखिएको छ। डुंगाको क्षमता भने ९० जनाको मात्रै थियो। टिकटमा तोकिएको उमेरभन्दा कम उमेरका बालबालिकाको संख्या भने अभिलेखमा नसमेटिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

स्थानीय सांसद मुत्सा मुरोम्बेडजीले सार्वजनिक गरेको भिडियोमा यात्रुहरू डुंगाबाट यात्रा सुरु गर्नुअघि किनारमा मानिसहरूले बिदाइ गरिरहेको देखिन्छ। स्थानीय ग्रामीण क्षेत्रका बासिन्दाले करिबा सहर पुग्न तालमार्ग प्रयोग गर्ने गरेको उनले बताएका छन्।

दुर्घटनाअघि तालमा तीव्र छाल देखिएको र डुंगा सुरक्षित रूपमा यात्रा गर्न सक्नेमा किनारमा रहेका केही मानिसले चिन्ता व्यक्त गरेको भिडियोमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ साउन । प्युठानमा पाँचजनाको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान स्वर्गदारी नगरपालिकाअन्तर्गत विभिन्न खोला किनारमा पाँचजनाको

काठमाडौँ, २८ साउन । सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा

काठमाडौँ, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

काठमाडौँ, २८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ