ट्रम्प प्रशासनद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।

अमेरिकाले आप्रवासनसम्बन्धी कडाइलाई चर्को पारिरहेको समयमा अमेरिकी विदेश मन्त्रालयले सोमबार यसबारे जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार भिसाका सर्त उल्लङ्घन गरेको, अपराधमा संलग्न भएको, अमेरिकी नागरिकविरुद्ध हिंसाका लागि आह्वान गरेको, अमेरिकी नागरिकलाई ठगी गरेको, आप्रवासन प्रणालीको दुरुपयोग गरेको वा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको आरोपमा यी भिसा रद्द गरिएका हुन् ।

धेरैजसो भिसा कानुन कार्यान्वयन गर्ने निकायसँगको सम्पर्कपछि रद्द गरिएको बताइएको छ । तीमध्ये कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी तथा लागुऔषधसम्बन्धी अपराध प्रमुख कारण रहेका छन् । मन्त्रालयले केही गम्भीर आपराधिक मुद्दाका उदाहरणसमेत सार्वजनिक गरेको छ । 

बलात्कार तथा यौन दुर्व्यवहारको गम्भीर आरोप लागेका व्यक्ति, अपहरण तथा मानव बेचबिखनको आरोपमा पक्राउ परेका व्यक्ति र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा एक दर्जनभन्दा बढी मुद्दा सामना गरिरहेका व्यक्तिको भिसा पनि रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू