फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् ।

निर्माण टिमका अनुसार  उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्ममा हरिवंशको भूमिकामा अरुण क्षेत्री छानिएका छन् । वर्षा र अरुणले पहिलो पटक एकसाथ अभिनय गर्न लागेका हुन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् ।

फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी र उनकी पत्नीको भूमिकामा केकी अधिकारीलाई देख्न सकिन्छ । मदनकृष्णको फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल लगायतको अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा

काठमाडौँ, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।  आज सिंहदरबारमा

काठमाडौँ, २० असोज । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ

काठमाडौँ, २० असोज । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक