तीन सहकारीका २२० बचतकर्ताले पाए रकम

काठमाडौँ, २५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना बचतकर्ता, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य कानुनी व्यवस्था बमोजिम संचालन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु