‘गौँथली’ ले कमायो १९ करोड ७१ लाख

काठमाडौँ, २५ साउन । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा १९ करोड ७१ बढी व्यवसाय गर्न सफल भएको छ । 

चलचित्र विकास बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १९ करोड, ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई यस अवधिमा अवधिमा ७ लाख १५ हजार १९८ जनाले हरेका छन् ।

साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ ।

सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २०० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शो मा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी