समावेशिता नारामा सीमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत  समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत–साधनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

आज ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समावेशिता नारामा मात्र सीमित नराखी राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्ने बताए । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको उनको भनाइ छ । उनले विविधताबिचको एकता, सामाजिक सद्‌भाव र सहिष्णुता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । नेपालका परिवर्तनकारी आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान र बलिदान रहेको उल्लेख गर्दै उनले समावेशी लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनासमेत आदिवासी जनजातिको अधिकार प्राप्तिको सङ्घर्षसँग जोडिएको बताए ।

उनले भने, ‘संविधानले आदिवासी जनजाति लगायत सम्पूर्ण उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकारलाई सुनिश्चित गरेकोले यसको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्छ । यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ । समावेशिता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचको रूपमा देखिनुपर्दछ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको