घेराबन्दीमा हिजो पनि थिएँ र आज पनि छु : सभापति थापा

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई आफ्नै पार्टीका साथीहरुले निन्दा गरेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले आफूलाई पार्टीका साथीहरुले निन्दा गरेको भए पनि तलैसम्म माया गर्नेको संख्या निकै ठूलो रहेको बताएका हुन् ।

उनले भने, “निन्दा गर्नेको पछि नलाग्नू,” “मलाई माया गर्ने थुप्रै साथी नभएको भए पटक–पटक घेराबन्दीको बीचमा बाँचेर आउने थिइनँ । आजको घेराबन्दीमा पनि बाँचेर आउँछु । थुप्रै साथीको माया छ ।”

त्यस्तै उनले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।

थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बैठकमा थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढंगले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अध्यावधिक गरेको स्मरण गरे । ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको