मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाको भूमिका महत्वपूर्ण: सभापति लामिछाने

काठमाडौँ, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताउनुभएको छ।

नेपाली युवा उद्यमी मञ्च (NYEF) को २२औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले युवाहरूले देशमै सम्भावना खोजेर अघि बढे त्यसलाई राज्यले सहयोग गर्ने बताउँदै उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गर्नुभयो। अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उहाँले आगामी दिनमा त्यसको परिणाम देखिने बताउनुभयो।

सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताउनुभयो। सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उहाँको भनाइ थियो।

सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह गर्नुभयो। विदेश जानुपर्ने बाध्यताभन्दा स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि