जामजाम ब्रदर्स काठमाडौँमा

काठमाडौँ, २२ साउन । दुबईस्थित चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नेपाल आइपुगेका छन् ।

जामजाम ब्रदर्सले सामाजिक सञ्जालमार्फत नेपाल आइपुगेको जानकारी सार्वजनिक गरेका हुन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाकाटोपी लगाइदिएर स्वागत गरिएको छ । भाइरल भिडियो र जामजाम इलेक्ट्रोनिक्स ब्रान्डमार्फत अन्तर्राष्ट्रिय रूपमा परिचित उनीहरूको नेपाल आगमनसँगै सामाजिक सञ्जालमा नेपाली प्रशंसक उत्साहित देखिएका छन् ।

उनीहरू पर्फ्युम ब्रान्ड लन्च गर्न नेपाल आएका हुन् । शनिबार दिउँसो १ बजे सिभिल मलमा उनीहरूले जामजाम पर्फ्युम लन्च गर्ने कार्यक्रम छ । आफ्ना भिडियोमार्फत उनीहरू संसारभर प्रसिद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी