होर्मुज सम्झौता नजिकिँदै छ : ट्रम्प

एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्  ।

ऊर्जा मूल्यबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले युद्ध ‘धेरै चाँडो’ अन्त्य हुने बताउँदै यो अवस्था ’धेरै लामो समयसम्म जान नसक्ने’ धारणा व्यक्त गरेका हुन् ।

यसैबिच, अमेरिका, इरान र ओमान स्ट्रेट अफ होर्मुज पुनःखोल्ने विषयमा अस्थायी सम्झौताको नजिक पुगेका छन् । विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न सकिने अपेक्षासहित तीन देशबिच वार्ता अघि बढिरहेको छ । सम्झौता भएमा क्षेत्रीय तनाव कम हुनुका साथै विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता पनि केही घट्न सक्नेछ ।

तर युद्ध अन्त्य हुने संकेतसँगै होर्मुजसम्बन्धी वार्ता अघि बढे पनि अन्तर्राष्ट्रिय तेल बजारमा भने मूल्य बढेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य ३.०४ डलर अर्थात् ३.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८२.४९ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि २.०७ डलर अर्थात् २.७५ प्रतिशतले बढेर ७७.२९ डलर पुगेको छ । यसबिच इरानको फार्स समाचार संस्थाका अनुसार इरानी संसद्को एक समितिले अमेरिकी, इजरायली तथा अन्य ’शत्रुतापूर्ण’ मुलुकका पानीजहाजलाई होर्मुज हुँदै आवतजावत गर्न रोक लगाउने प्रारम्भिक विधेयकमाथि छलफल गरिरहेको छ । प्रस्तावित प्रतिबन्ध उल्लङ्घन गर्ने जहाजलाई उसको कार्गो मूल्यको २० प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था राखिएको बताइएको छ ।‘

ट्रम्पले अमेरिकी सेनासँग गोलाबारुदको अभाव रहेको भन्ने दाबी पनि पुनः अस्वीकार गरेका छन् । अमेरिकासँग हतियारको ’असीमित आपूर्ति’ रहेको र देश ’धेरै राम्रो अवस्थामा’ रहेको उनको भनाइ छ । उनले अमेरिकासँग ठुलो मात्रामा गोलाबारुद रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका