नेपालका लागि परिपक्व, स्थिर र दूरदर्शी नेतृत्व आवश्यक : राजेश हमाल

काठमाडौँ, २१ साउन । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

ग्रीक दार्शनिक सुकरातको भनाइ उद्धृत गर्दै हमालले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन् । उनीहरूले जटिल समस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन् । अनि भीडले सबैभन्दा ठुलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ ।’ 

बदलिँदो भूराजनीतिक र आर्थिक परिस्थितिमा नेपालका लागि परिपक्व, स्थिर र दूरदर्शी नेतृत्व आवश्यक रहेको हमालको भनाइ छ ।

गत निर्वाचनमा जनविश्वास गुमाएका पुराना दलहरू र शासन सञ्चालनको अनुभव प्रमाणित हुन बाँकी नयाँ शक्तिहरूबिच नागरिकले सन्तुलन खोज्नुपरेको स्मरण गर्दै उनले सरकार र राजनीतिक दलहरूको घुमाउरो आलोचना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी