आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उनी कार्यकारी निर्देशक पदमा चयन भएका हुन् । अन्तिम प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि पार्दै साहले यो जिम्मेवारी पाएका हुन् ।

यसअघि निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्ट रहेका थिए। नयाँ सरकार गठन भएसँगै अघिल्लो सरकारले गरेका नियुक्तिहरू रद्द गर्ने निर्णय गरेपछि भट्टले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै