रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ ।

आगामी साउन २५ गतेबाट पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा सुरु गरिने भएको हो । 

रास्वपाका सहमहामन्त्री हरि ढकालका अनुसार, यसअघि साउन १३ गते केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको थियो । 

नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई

काठमाडौँ, २१ साउन । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको