नेप्से आज सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २० साउन ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर ४६७ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अङ्कले घटेर १८३ दशमलव २९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर १५८ दशमलव २६ बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता सेयर रु चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिद बिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज एक सय २२ कम्पनीको सेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई

काठमाडौँ, २१ साउन । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको