‘बा एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ, २० साउन । फिल्म ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ । 

चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टले जनाएको छ ।

निर्माता वसन्त लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर सङ्घर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।

चलचित्र हरि लम्सालले निर्देशन गरेका हुन् । कथा र पटकथा समेत उनैले तयार पारेका छन् भने डा. कृष्णहरि बराल, डा.राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै सङ्गीत सुन्न सकिनेछ। शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई मित्र डी.गुरुङले सम्पादन गरेका छन्। कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल तथा सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।

झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको पात्र निर्वाह गरेकी छन्। यस्तै, सागर खनाल र सुप्रज्ञा शर्माले छोरा र बुहारीको भूमिकामार्फत पारिवारिक सम्बन्धका उतार चढावलाई प्रभावकारी रूपमा पर्दामा उतारेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको

काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपीजी ग्याँसको अभाव हुन

काठमाडौँ, २० साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ  । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा

काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । एमालेका अध्यक्ष