काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति पक्ष र विपक्षमा मतहरु राखिरहेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’





