नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज बजार खुलेसँगै उतारचढावकाबिच ओरालो लागेको नेप्से परिसूचक अन्ततः अघिल्लो कारोबार दिनको तुलनामा २१.१५ अङ्कले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको हो ।

बजारको सुरुवातदेखि नै बिक्री चाप बढी हुँदा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। आज कुल ३४३ वटा कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक किनबेच भएका छन्, जसबाट कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुल सूचीकृत कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ भने केवल ५९ वटा कम्पनीको मात्र मूल्य बढ्न सफल भएको छ। ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

यस्तो अवस्थामा पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो मुनाफा कमाएका छन्। जसमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १५ प्रतिशतको उच्च वृद्धि भई प्रतिसेयर १७३१.४० रुपैयाँ पुगेको छ। त्यस्तै खानीखोला हाइड्रोको मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ भदौ । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पुर्‍याउँदा ४१ जना

दिल्ली, ८ भदौ । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका

एजेन्सी, ८ भदौ । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।

एजेन्सी, ८ भदौ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु