ट्रम्प प्रशासनविरुद्ध २५ राज्यको मुद्दा

एजेन्सी, १९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५ वटा डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी राज्यले अदालतमा मुद्दा दायर गरेका छन् ।

राज्यहरूले ट्रम्पले महसुल लगाउने आफ्नो कानुनी अधिकार नाघेको र सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको पुरानो महसुललाई नयाँ कानुनी आधारको आवरणमा पुनः लागू गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतमा दायर गरिएको मुद्दा गत महिना ६० व्यापारिक साझेदारमाथि लगाइएको नयाँ महसुलविरुद्ध हो । अमेरिकी प्रशासनले ती देशहरूले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै नयाँ महसुल लगाएको बताएको छ।

मुद्दा दायर गर्ने राज्यमा न्यूयोर्क र ओरेगनलगायत राज्य छन् । ती राज्यका महान्यायाधिवक्ता वा गभर्नरहरू डेमोक्रेटिक पार्टीसँग आबद्ध छन्। राज्यहरूले नयाँ महसुल तत्काल रोक्न र त्यसलाई गैरकानुनी घोषणा गर्न अदालतसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू