यही आर्थिक वर्षभित्रै व्यावसायिक फाइभजी सेवा सुरु गर्छौं : मन्त्री तिमल्सिना

काठमाडौँ, १७ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।

आज बिहान फेसबुकमार्फत् आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले यसै वर्षभित्र नेपालमा व्यावसायिक फाईभजी सेवाको सुरुआत गरिने जानकारी दिएका हुन्।

तिमल्सिनाले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसञ्चार क्षेत्रमा सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसञ्चार पूर्वाधार निर्माण तथा सुदृढ सार्वजनिक सञ्चार प्रणालीको विकास गर्ने लक्ष्य सरकारले लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको