तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । 

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले दुई सरकारी बैंकलाई सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराउँदै तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को विनियम ५ को (१) मा उल्लेख भएको व्यवस्था उल्लङ्घन गरी समयमै खाता रोक्का राख्ने निर्देशन पालना नगरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको