पेरुमा विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी, १७ साउन । पेरुमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा विमानमा सवार १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूले बताएका छन्।

शनिबार विमान पेरुको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्त्विक क्षेत्रमाथि उडिरहेको बेला दुर्घटनामा परेको थियो। विमानमा ११ जना यात्रु र दुई जना पाइलट गरी १३ जना सवार थिए।

दुर्घटनाको कारण र विमानमा सवार यात्रुहरूको पहिचान भने अझै स्पष्ट भइसकेको छैन।

नास्का रेखा दक्षिणी पेरुमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। मरुभूमिको बालुवामा प्राचीन सभ्यताका मानिसहरूले बनाएका विशाल आकृतिका चित्रहरू यहाँ रहेका छन्।

‘दुर्घटना अत्यन्त गम्भीर भएकाले कोही पनि जीवित छैनन्। अहिलेसम्म हामीले चारवटा शव फेला पारेका छौँ,’ प्रहरी मेजर जर्ज आन्द्रादेले एएफपीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका