राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छ : सभापति थापा

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् ।

आज नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीति सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्र भएको बताए । 

नागरिक र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा सत्ताप्राप्तिका लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुखद् विषय भएको उनको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको उनको धारणा छ । 

पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे । बदलिँदो परिवेशमा पार्टी सामु नयाँ विषय र चुनौतीहरू थपिएको बताउँदै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको

काठमाडौँ, १७ साउन । आज बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको

काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा

काठमाडौँ, १७ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले