इरानको आक्रमणमा कुवेतमा एक नेपालीको मृत्यु

एजेन्सी, १५ साउन । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

“कुवेतको उत्तरी क्षेत्रमा २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकको रूपमा कार्यरत नेपाली नागरिक सोम कुमार तामाङ (वर्ष ४४, तेह्रथुम जिल्ला) को  निधन भएको हो । उनको निधनको पुष्टि गर्दै कुवेतस्थित नेपाली दूतावासले भनेको छ,” सोमकुमार तामाङको निधन भएको कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” कुवेतस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति दूतावासले समवेदना व्यक्त गरेको छ । “स्व. तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक सम्पूर्ण कार्य सम्बन्धित निकायसँगको समन्वय एवम् सहकार्यमा दूतावासले यथाशक्य सम्पन्न गर्ने बेहोरा समेत अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

यस संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी

काठमाडौँ, १६ साउन । गृहमन्त्री सुधन गुरुङले  महोत्तरीको कालापानी वन प्रशासनसँगको विवादबारे  अनुसन्धानबाटै मुद्दाको टुङ्गो लाग्ने बताएका छन् । स्थानीय र

काठमाडौँ, १६ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम