राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, १५ साउन । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ । यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा

काठमाडौँ, १५ साउन । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री

राज्यको पहिलो धर्म नागरिकको सुरक्षा हो । नागरिकले आफ्नो ज्यान, स्वतन्त्रता र सम्मान सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु नै

काठमाडौँ, १४ साउन । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले साउन १९