सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौँ, १३ साउन । सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ः१५ बजे बस्ने तय भएको छ । उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यक्रम छ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रमुख आयुक्त कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । 

त्यसैगरी, बिहान ११ः०० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सो बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार