सर्वदलीय बैठक बस्दै

काठमाडौँ, १३ साउन । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक बस्दै छ ।

रास्वपाका अनुसार बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको छ । छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि आमन्त्रण गरिएको छ ।

सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति-सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल आवश्यक ठानेर यो बैठक आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आलुको मूल्य

काठमाडौँ, १५ साउन ।  ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्।  पक्राउ पर्नेमा कैलालीको

जनकपुरधाम, १५ साउन । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका–३

काठमाडौँ, १५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।