अशोक दर्जीले प्रहरीमा दिए उजुरी

काठमाडौँ, ११ साउन । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइएको भन्दै कारबाहीको माग गरेका छन् । 

इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दिँदै अशोकले आफ्नो भविष्यमाथि खेलवाड गर्ने काम भएको भन्दै तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् । 

उनले एक हप्ताअगाडि दुईजना व्यक्ति आएर आफूलाई चोर भन्दै कुटपिट गर्दै भिडियो बनाएको उजुरीमा उल्लेख गरेका छन् ।

“यसले हजार रुपैयाँ चोर्‍यो भन्दै भिडियो बनाएका थिए । मैले पटक–पटक भिडियो हटाउन आग्रह गर्दा पनि मानेनन्,” उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै