जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी मल बरामद गरेको छ।
वडा सदस्य साहले घरमा लुकाइछिपाइ डिएपी मल राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मल बरामद गरेको हो ।
वडा सदस्य साहको घरबाट बरामद भएको उक्त रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





