विराटनगर राजस्व कार्यालयद्वारा १० अर्ब राजस्व सङ्कलन

विराटनगर, ९ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५.१५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालयले जनाएको छ । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु नौ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको थियो । तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ७.२८ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।

कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेन्जी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

झापा, ७ भदौ । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन

काठमाडौँ, ७ भदौ । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Code Name Buy

काठमाडौँ, ६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ