देश ‘हिट एन्ड मिस’को भरमा सञ्चालन गर्नु हुदैन : राजेश हमाल

काठमाडौँ, ७ साउन । महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने उल्लेख गरेका छन्।

हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगका भरमा नभई स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमार्फत निर्माण हुने बताएका छन्।

उनका अनुसार भविष्यप्रतिको स्पष्ट योजना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमानबिना केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहँदा मुलुकको विकास प्रभावित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा